७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

पत्रकार कुट्ने रास्वपा जिल्ला संयोजकको निलम्बन फुकुवा

काठमाडौं,१९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथिको निलम्बन फुकुवा गरेको छ ।
गत साउन ८ गते खड्काले बझाङका एक पत्रकारलाई कुटेपछि विवादमा तानिएका थिए । रास्वपाले पत्रकार कुटेको घटना सार्वजनिक भएपछि साउन ९ गते उनलाई संयोजकको जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको रास्वपाले जनाएको छ । बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै साउन ८ गते खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेका थिए ।

खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका थिए ।

साउन ९ गते पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया र प्रेस चौतारीका तर्फबाट सहसचिव सुरेश धामीले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?