पत्रकार कुट्ने रास्वपा जिल्ला संयोजकको निलम्बन फुकुवा

काठमाडौं,१९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथिको निलम्बन फुकुवा गरेको छ ।
गत साउन ८ गते खड्काले बझाङका एक पत्रकारलाई कुटेपछि विवादमा तानिएका थिए । रास्वपाले पत्रकार कुटेको घटना सार्वजनिक भएपछि साउन ९ गते उनलाई संयोजकको जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको रास्वपाले जनाएको छ । बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै साउन ८ गते खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेका थिए ।

खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका थिए ।

साउन ९ गते पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया र प्रेस चौतारीका तर्फबाट सहसचिव सुरेश धामीले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?