४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

प्रेमको बहानामा नग्न भिडियो रेकर्ड-पछि फेसबुकमा अपलोड, यसरी परे पक्राउ ?

काठमाडौं । प्रेमको बहाना गरेर आफनै प्रेमिकाको भिडियो सामाजिक सञ्जाल फेसबुक र पोर्न साइटमा अपलोड गर्ने एकजना युवक मलेसियाबाट इन्टरपोल मार्फत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दी घर भई मलेसिया काम गर्दै आएका २७ वर्षीय प्रकाश बिक रहेका छन् । प्रहरीका अनुसार नेपाल हुँदा बिक युवतीसँग प्रेम सम्बन्धमा थिए । त्यहीबेला विभिन्न बहानामा नग्न हुन बाध्य बनाई भिडिओ रेकर्ड गरेका थिए ।

राेजगारीकाे सिलसिलामा मलेसिया गएपछि बिकले त्यही भिडिओ तथा फोटो फेसबुक अकाउन्ट बनाएर त्यसैमा अपलोड गर्न थाले । त्यति मात्र नभइ युवतीका आफन्तलाई भिडिओ पठाउन थाले । पीडित युवतीले दिक्क भएर आफ्नो फेसबुक अकाउन्ट डिएक्टिभेट गरिन् । तर पनि बिकले उनको नामका नक्कली अकाउन्ट बनाएर नग्न भिडिओ तथा फोटो अपलोड गर्न छोडेनन् ।

पछि युवकले आफ्नो भिडिओ पोर्न साइटमै राखिदिएपछि युवतीले आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिइन् । त्यसपछि साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेसियासँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार नियन्त्रणमा लिएको हो ।

उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको भन्दै साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएपछि बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो ।

बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?