३१ जेष्ठ २०८१, बिहिबार
३१ जेष्ठ २०८१, बिहिबार

आठ महिनाको अवधिमा छैटौँ पटकमा मन्त्रिपरिषद् विस्तार

मधेश। मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएकाे छ । मुख्य मन्त्री सरोज कुमार यादवले आठ महिनाको अवधिमा छैटौँ पटकमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मन्त्री हुनेहरुमा सञ्चारमन्त्रीमा नेपाली कांग्रेसका सप्तरीका मोहम्मद समीम र श्रम तथा यातायातमन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई नियुक्त गरेका छन् । मुख्यमन्त्रीको उपस्थितिमा प्रदेशप्रमुख हरिशङ्कर मिश्रले नवनियुक्त दुवै मन्त्रीलाई शपथ गराए ।

मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टी जसपाबाट बिना विभागीयमन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा राखिने जानकारी दिए । स्वतन्त्र चुनाव जितेर जसपा प्रवेश गरेकी साह कांग्रेस सरकारमा सहभागी हुँदा बिना विभागीय बनाइएको थियो ।

यसअघि आजै जनमत पार्टीका बिना विभागीयमन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?