काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक लाइभ गरिने भएको छ ।
सचिव दिनानाथ शर्माले बताए अनुसार आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरिएको हो ।