इस्लामाबाद । पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेको छ । मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए । यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए ।
पञ्जाब प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले पञ्जाबको लाहोर , अट्टक, सरगोधा , गुजरनवाला , मुल्तान र डीजी खान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनका क्रममा यी पक्राउ गरेको हो ।
सीटीडीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ कि पञ्जाब पुलिसले प्रतिबन्धित संगठनहरूसँग सम्बन्धित १० संदिग्ध आतंककारीहरूलाई पक्राउ गरेर चिनियाँ लगायत विदेशी नागरिकहरूमा ठूलो आतंककारी हमलालाई असफल बनाएको छ ।
विज्ञप्तिअनुसार संदिग्ध आतंककारीहरू प्रतिबन्धित संगठन तहरीक तालिबान पाकिस्तान (टीटीपी), दाएश (आईएसआईएस), सिपाह ए सहाबा पाकिस्तान र श्कर झांगवी (एलईजे) सँग सम्बन्धित छन् ।
आतङ्ककारीको साथबाट प्रतिबन्धित सङ्गठनका सामग्रीसहित ६ वटा हातगोला , एक थान आइइडी, ८९३ ग्राम विस्फोटक पदार्थ, सातवटा डेटोनेटर आदि बरामद भएको छ ।
विज्ञप्तिमा भनिएको छ कि आतंककारीहरूले मोहर्रम जुलुसलाई बाधा पुर्याउनका साथै प्रान्तका महत्त्वपूर्ण प्रतिष्ठानहरू , धार्मिक स्थलहरू र विदेशी नागरिकहरूलाई निशाना बनाउन खोजेका थिए ।
उनीहरुले सामाजिक सञ्जालमा घृणित सामग्री शेयर गरेर साम्प्रदायिक अराजकता फैलाउन चाहेको बताइएको छ ।
यसैबीच पञ्जाब प्रहरीले सामाजिक सञ्जालमा घृणित सामग्री साझा गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो ।