१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राजीनामा दिने

काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राजीनामा दिने घोषणा गरेका छन् । संसारकै सबैभन्दा लामो समय सम्म सत्ता सम्हालेका सेनले ले आफू प्रधानमन्त्री पदबाट राजीनामा दिने र आउँदो हप्तामा छोरालाई पद सुम्पने घोषणा गरेका हुन् ।

कम्बोडियन पिपुल्स पार्टी (सीपीपी)ले आम चुनावमा सबै सिट जित्ने दाबी गरेको करिब तीनपछि हुन सेनको घोषणा आएको हो । बुधबार हुन सेनले आफ्ना छोरालाई १० अगस्टमा प्रधानमन्त्री नियुक्त गरिने बताएका हुन् ।

७० वर्षीय हुन सेन झन्डै चार दशकसम्म सत्ता सम्हालेपछि झनै अधिनायकवादी बन्दै गएको बीबीसीले लेखेको छ ।

यसअघि सन् २०२१ मा पनि सत्ता हस्तान्तरणको संकेत देखिएको थियो । हुन सेनका जेठा छोरा हुन मानेट लामो समयदेखि प्रधानमन्त्रीको भूमिकाका लागि तयार पारिएका छन् । केही समयअघिसम्म उनी शाही कम्बोडियन सेनाको कमान्डर थिए ।

सरकारी टेलिभिजनमार्फत विशेष सम्बोधन गर्दै उनले भनेका छन्, “मैले प्रधानमन्त्रीको रूपमा निरन्तरता नदिने घोषणा गर्दा म जनतासँग समझदारी माग्न चाहन्छु ।”

पदमा बस्दा अस्थिरता निम्तिन सक्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन् । तर, पनि सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीको नेतृत्व भने उनीसँगै रहने बताइएको छ ।

४५ वर्षीय हुन मानेटले केही दिनअिघ जुलाई २३ मा भएको कम्बोडियाको आमचुनावको प्रचारप्रसारमा प्रमुख भूमिका खेलेका थिए ।

बीबीसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?