कैलाली । कैलाली जिल्लाको टीकापुर नगरपालिका—२ राजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ९० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सियाराम चौधरी र सोही नगरपालिका—२ बिजयनगर बस्ने २१ वर्षीय सुरेश चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।