५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

देशका विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध

लुम्बिनी, ९ साउन । अबिरल वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भई यात्रुहरु मर्कामा परेका छन् ।

पहिरो खसेका कारण बुटवल–पाल्पा, गोरुसिङ्गे–सन्धिखर्क र भालुवाङ–प्यूठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल–पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ ।

यस्तै अर्घाखाँचीको शीतगङ्गा–१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिङ्गे–सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ ।

यस्तै प्यूठानको माण्डवी–१ गर्जेनीमा पहिरो खस्दा भालुपाङ–प्यूठान सडक अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?