काठमाडौं। पछिल्लो तीन घण्टा ११ जिल्लामाभारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुर ,चितवन , तनहुँ, नवलपरासी, पाल्पा,रूपन्देही,कपिलवस्तु,दाङ,प्यूठान,बर्दिया र कैलालीमा भारी वर्षा मापन गरिएको हो ।
११ जिल्लामध्ये नवलपरासी, पाल्पा र प्यूठानमा राजमार्ग अवरुद्ध हुनसक्ने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।
यी जिल्लाका साना खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ ।
महाशाखाल यी क्षेत्र भई यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।