३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

तामाकोसी बनाउँदा अर्बौं भ्रष्टाचार !

काठमाडौं। माथिल्लो तामाकोशीमा अरबौँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यक व्यक्तिले उजुरी गरेका छन्।

दोलखाका स्थानीय तथा एन्टी करप्सनका सञ्चालक तथा अभियन्ता विश्वनीति प्रकाशमान पाख्रिनले तत्कालीन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा उपल्लो तामाकोसी तत्कालीन सञ्चालक समितिका अध्यक्ष मुकेशराज काफ्लेसहित १० जनाविरुद्ध छानबिनका लागि अख्तियारमा उजुरी दिएका हुन् ।

तामाकोसी बनाउँदा भ्रष्टाचार गरेको भन्दै अभियान्ता पाख्रिनले आयोजनाका तत्कालीन सञ्चालक समितिका अध्यक्ष अर्जुनकुमार कार्की,आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, कम्पनी सचिव रामसुन्दर श्रेष्ठ, प्रशासन महाशाखा प्रमुख विनोदचन्द्र कर्माचार्य, कामु उपआयोजना प्रमुख प्रदिपकुमार थिके, आयोजना प्रबन्धक दिनेशजंग राणा, आयोजना सहायक प्रबन्धक विमल गुरुङ, आयोजनाका सहायक निर्देशक मुकुन्द अधिकारी, वातावरणविद् डा. गणेशप्रसाद न्यौपानेविरुद्ध उजुरी दर्ता भएको छ ।

तामाकोसी आयोजना निर्माणका लागि कुल लागत ३५ अर्ब २९ करोड निर्धारण गरी निर्माणको काम सुरु भएको भए पनि व्यापक अनियमितता र भ्रष्टाचार गरी आयोजनाको लागत दुई गुणा बढी बनाएर भ्रष्टाचार गरेको एन्टी करप्सनका सञ्चालक पाख्रिनले बताए । ३५ अर्बमा बन्ने आयोजनालाई सबैको मिलेमतोमा लागत ८६ अर्बभन्दा बढी पु¥याएर भ्रष्टाचार गरेको पाख्रिनले दिएको निवेदनमा उल्लेख छ । तामाकोसी जलविद्युत् उत्पादन कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७को वार्षिक प्रतिवेदनमा आयोजना निर्माण गर्न करिब ८६ अर्ब रुपैयाँ लागेको उल्लेख छ । पाख्रिनले सोही प्रतिवेदनलाई आधार बनाएर अख्तियारमा भ्रष्टाचार मुद्दा दायर गरेका हुन् । राजधानी दैनिकमा यो समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?