१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्न मन्त्री किरातीको माग

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित २४ औं अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो भनेका हुन् ।

उनले कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानून भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई तत्काल कारबाही गर्नु पर्ने माग राखेका छन् ।

सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताए । उनले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताएका छन् ।

उनले सुन बरामद गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको बताए । मन्त्री किराँतीले सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरूको पक्षमा जनता र मिडियाले निष्पक्ष रूपमा भनिदिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?