२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

घुस लिने कर्मचारीहरू भागे पर्खाल नाघेर

सप्तरी । घुस लिने कर्मचारीहरू नगद र चेक छोडी पर्खाल नाघेर भागेका छन् । सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मार्न जाँदा भवन घुस लिने कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका हुन् ।

निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेका थिए ।

टोली पुग्ने सूचना पाएसँगै कार्यालयका सबै कर्मचारीहरू फरार भएपछि अख्तियार रित्तो हात फर्कनु परेको छ । आयोग इटहरीको टोलीले उक्त कार्यालयको पूर्वी पट्टीको गल्लीमा फालिएको अवस्थामा नगद र चेक फेला पारेको छ । घुस लिएको इकाईका कर्मचारी सब–इन्जिनियर अजय कुमार साफीले पर्खाल नाघी भाग्ने क्रममा उक्त रकम र चेक फालेको आयोगको दाबी छ ।

सिराहाको नवराजपुर गाउँपालिका –१ स्थित जनता आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भए पनि भुक्तानी लिने क्रममा घुस मागेका थिए । घुस बापत ५५ हजारको चेक तथा १५ हजार नगद रकम दिएको उपभोक्ता समितिका एक सदस्यले जनायो ।

नौ लाखको काममा १० प्रतिशत घुस मागेपछि उपभोक्ताहरूले आयोगलाई जानकारी गराएका थिए । यस विषयमा बुझ्न खोज्दा कार्यालयका प्रमुख दुनियाँ लाल यादवले कुनै प्रतिक्रिया दिन मानेनन् । –गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?