काठमाण्डौं , श्रावण ०३ : झण्डै ३ वर्ष लामो जेल जीवन बिताएर रिहा भएका नेकपा नेता डिवि सी लाई नेकपाका महासचिव विप्लवले स्वागत तथा अभिनन्दन गरेका छन । बुधबार काठमाण्डौको बुद्धनगरमा एक कार्यक्रममा महासचिव विप्लवले उनलाई स्वागत गरेका हुन ।
नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्लाका तत्कालीन इन्चार्ज डिवी सी लाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेकपा माथि प्रतिबन्ध लगाएको बेला पक्राउ गरेको थियो । उनलाई राज्यले हातहतियार तथा खरखजना,अपहरण र कर्तव्य ज्यान सम्बन्धि मुद्दा लगाएको थियो ।
काठमाडौको बुद्दनगरमा आयोजित जनपत्रकार संगठनको मुखपत्र विमोचन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पत्रीकाको विमोचन गरेका थिए ।
जनपत्रकार संगठन नेपालद्वारा प्रकाशित जनपत्रकार अंक दुइमा जनपक्षीय पत्रकारहरूद्वारा लेखिएका पत्रकारिता सम्बन्धि लेखहरु, आधारभुत पत्रकारिता सम्बन्धि सामाग्री र जनपत्रकारिताका बिषयमा सैद्धान्तिक दृष्टिकोणबारे कार्लमार्क्स, लेनिन र माओका विचारहरु समावेश गरिएको छ । उक्त पत्रिकाको विमोचन नेकपा महसचिव विप्लव सी ले गरेका हुन् ।
सरकार र नेकपाबिच तीन बुदे सहमति भएर शान्ति प्रक्रिया अगाडि बढे पनि अझै नेकपा सम्बद्द तीन दर्जन बढी नेताकार्यकर्ता छुटेका छैनन् । भने नेकपाका नेताहरूमाथी राजनीतिक आस्थाको आधारमा लगाइएका मुद्दाहरु सरकारले खारेज गर्ने सहमतिको कार्यान्वयन समेत भएको छैन ।
शीर्षक परिवर्तन गरिएको छ ।
– सम्पादक