कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको जगबुडा नदीमा अलपत्र रहेका चार जनाको सशत्र प्रहरीले उद्धार गरेको छ । नगरपालिकाको वडा नं ३ मा रहेको मायापुरी जंगल नजीको उक्त जगबुडा नदीमा एक्कासी पानीको बहाव बढे पछि नदीको बीच भागमा रहेका १२ वर्षीय खुसी राना, ९ वर्षीय भावना सुनार, १० वर्षीय मुस्कान दमाई, ११ वर्षीय रोशनी सुनार र ९ वर्षीय सानु दमाईलाई हिजो मंगलबार सशत्र प्रहरीले उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुरका अनुसार नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देबिस्थानबाट सप्रनाउ भिम बहादुर चन्दको कमाण्डमा खटिएको १२ जनाको टोलीले उनीहरूको उद्दार गरेको हो ।
उद्दार पछि निज व्यक्तिहरूलाई आफन्तको जिम्मा लगाएको सशत्र प्रहरी बलले जनाएको छ ।