९ असार २०८१, आइतवार
९ असार २०८१, आइतवार

कञ्चनपुर प्रहरीको सक्रियता : फेरि ६ अवैध मेडिकल सञ्चालकमाथि कारबाही

कञ्चनपुर : कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रका ६ निजी मेडिकल(औषधी पसल)मा छापा हानेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ७, १३, १० र १६ चार वडाका ६ मेडिकल (औषधी पसल)मा छापा हानेको हो । कञ्चनपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन मार्फत गैर कानुनी रुपमा औषध बेचबिखन गर्दै आएका औषधी पसलमा कार्बाही गरेको जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले बिना ईजाजत गैर कानुनी रुपमा औषधी बिक्रि वितरण गर्दै आएका निजी औषधी पसलमा छापा हानेको बताए । ‘हामीले अवैध मेडिकल पसलमा छापा हान्यौँ, ‘प्रहरी प्रमुख थापाले भने, ‘चार जना पक्राउ गर्न सफल भए दुई फरार भएका छन, बाँकी औषधी बरामद गरेका छौँ ।’ बेच्न नै नमिल्ने औषधी बेच्नेदेखि फार्मेसी दर्ता नगरेर गैर कानुनी रुपमा औषधी पसल चलाएका रहेछन ।’ प्रहरी प्रमुख थापाका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ७ हल्दुखालबाट बिमला उपाध्याय, भीनपा १० गड्डाचौकीका सुरेश पाण्डेय, मोहन रोकाया र भीनपा १६ मझ गाँउका राजेन्द्र बहादुर चन्द रहेका छन । भीनपा १३ साझा चौराहका राम बहादुर विष्ट र भीनपा १६ बसन्तपुरका बिरेन्द्रराज पन्त फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले बिना ईजाजत जोखिमपूर्ण औषधी बेचबिखन गर्ने, लागु औषध बेच्ने, फार्मेसी तथा औषधी पसलले चिकित्सकको सिफारिस बिनै औषधी बेचबिखन गरेको आरोप लगाएको छ । ‘पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको छ, ‘उनले भने, ‘भागेहरुको समेत खोजिभईरहेको छ ।’ उनीहरु बिरुद्धमा कञ्चनपुर प्रहरी प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधि बिक्री–वितरणविरुद्ध मुद्दा चलाउने जनाएको छ । – ईसुदुरदर्पण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?