८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

रास्वपा रुपन्देहीमा दुई समूहबीचको विवाद बाहिरिएर पुगे प्रहरि चौकी सम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा दुई समूहबीचको विवाद बाहिरिएर प्रहरि चौकी सम्म पुगेको छ ।

आगामी मंसिरमा महाधिवेशन गर्ने तयारी स्वरुप जिल्ला,क्षेत्र तथा गाउँ तहसम्म पार्टीको संगठन विस्तार गरिरहेको रास्वपाको रुपन्देहीमा दुई समूहबीचको विवाद प्रहरी कार्यालयम्म पुगेको हो ।

रास्वपाका दामोदर खत्रीले पार्टीलाई विधानअनुरूप संचालन गर्नुपर्ने र पार्टीभित्र देखिएका विसंगतिहरू हटाउनुपर्ने आवाज उठाउँदै गर्दा अर्को समूहले आफुमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले बुधबार राति कार्यालयमा बोलाएर आफुमाथि कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएको बताए ।

एउटा समूहले मुद्दा दर्ता गर्न भन्दै निवेदन दिएको र दुबै पक्षलाई छलफलका लागि आज आइतबार कार्यालयमा बोलाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?