धनगढी। सुदूरपश्चिम प्रदेशमा सांसद विकास कोषको सांसद विकास कोषको बजेटलाई ३ करोडबाट ५ करोड पुर्याउने सहमति भएको छ ।
सरकारको नेतृत्व गरेको दल कांग्रेससहित सबै सत्तारुढ दलहरूले बजेट पारित नगर्ने भन्दै सरकारमाथि दबाब बढाएपछि सरकार बजेट थप्न सहमत भएको हो ।
प्रदेशसभामा प्रस्तुत बजेटमा सत्ता पक्षबाटै तीव्र असन्तुष्टि चुलिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सांसद विकास कोषको बजेटलाई बढाउने सहमति गरेका हुन् ।
शनिबार दिउँसो आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरू र सरकारबीच सांसद विकास कोष तीन करोडबाट बढाएर पाँच करोड पुर्याउने सहमति भएको हो ।