२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

साइकल चालकमाथि कुटपिट गर्ने एक जना पक्राउ

काठमाडौं। विराटनगर महानगरपालिका-४ स्थित दूधफारममा साइकल चालकमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।गत बुधबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका-६ बस्ने साइकल चालक २७ वर्षीय पवन साहमाथि मुक्का प्रहार गर्नका साथै तीन जनाले मुक्का प्रहार गरी लडाई घिसारेर घाइते बनाएका हुन् ।

उनलाई विपरीत दिशाबाट जाँदै गरेको बा१५च ३४४५ नम्बरको कारमा सवार १९ वर्षीय आयुष भेटुवाल, १८ वर्षीय कुशल भेटुवाल र ३० वर्षीय रोशन कार्की समेत गरी तीन जनाले कारबाट झरेर मुक्का प्रहार गरी लडाई घिसारेर घाइते बनाएका थिए ।

तीमध्ये आयुष भेटुवाललाई भने प्रहरीले गत बिहीबारै पक्राउ गरेको हो। उनीमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई कानूनी कारबाही अगाडि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय,मोरङले घटनामा संलग्न रही फरार अन्य दुई जनाको खोजतलास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?