२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बस्ने उक्त वैठकको कार्य सूची सार्बजनिक गरिएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुनेछ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषी तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत छुट्याइएको बजेटमाथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?