बाढी–पहिरोबाट २४ जनाको मृत्यु साथै ५६६ जना परिवार प्रभावित, करोडौंको क्षति

काठमाडौ । पहिरोबाट ४५४ जना परिवार प्रभावित भएको शाखाले जनाएको छ ।

गृहमन्त्रालय पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएअनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन् । मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेका छन्।

त्यसै गरी बाढीबाट ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ।मृत्यु हुनेमा पुरूष ५ जना, महिला ३ र पहिचान हुन नसकेको १ जना रहेको गृहमन्त्रालयले जानकारी दिएको छ। बाढीबाट ११२ घर परिवार प्रभावित भएको तथ्यांक छ।

बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको मन्त्रालयले आँकलन गरेको छ।

त्यस्तै पहिरोबाट १३ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ।

अहिलेसम्म संखुवासभामा बाढीपहिराले बढी क्षति पुर्‍याएको छ। संखुवासभामा ३ जनाको मृत्यु र १९ जना बेपत्ता रहेको तथ्यांक छ।

त्यस्तै ताप्लेजुङको पहिरोमा ३ जनाको मृत्यु र ३ जना बेपत्ता रहेका छन्।

पाँचथरमा आएको बाढीमा ३ जनाको मृत्यु भएको र ३ जना बेपत्ता भएको तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?