२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

मुकुन्द नेपालीको घरमा आगजनी गर्नेलाइ कारवाही गर्न माग

काठमाडौं। राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले जुम्लामा अन्तरजातीय विवाह गरे बापत मुकुन्द नेपालीको घरमा आगजनी भएको भन्दै दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरिन् ।

राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली गएको भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन् ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा राष्ट्रिय सभा सदस्य गौतमले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति स्वतन्त्र र सार्वभौमसम्पन्न नेपालीका लागि आपत्तिजनक रहेको बताएकी हुन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने अभिव्यक्ति दिन कसैलाई छुट नभएको उनको भनाइ छ ।

उनले यो अभिव्यक्ति फिर्ता लिँदै संसद् समक्ष आएर स्पष्ट पार्न माग गरिन् ।

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले विद्यालय कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न माग गरे । त्यस्तै, सन् २०१९ देखि त्रिभुवन विश्वविद्यालयले सिएको समकक्षताको प्रमाणपत्र नदिँदा सिएहरू अलपत्र परेका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै, राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले कैलालीस्थित शक्ति भन्सार कार्यालयमा तत्काल क्वारेन्टाइनको स्थापना गर्न माग गरे ।

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले तनहुँको बुद्धसिंह मार्गमा कालोपत्रे गर्न र पक्की पुल निर्माण गर्न सरकारसँग माग गरिन् ।

राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले धान रोपाइँ चलिरहेको यो बेलामा किसानले युरिया र डीएपी मल नपाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले बाढी, पहिरोबाट हुने जोखिमको रोकथामका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन् ।

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले नारायणघाट–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध हुने गरेको र यात्रा कष्टकर हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले सप्तरीको बेलीही भन्सारमा क्वारेन्टाइन चेकपोस्ट राख्न माग गरे ।

उनले पोखरामा महिला प्रहरीमाथि नाजायज म्यासेज पठाएर हिंसा गर्ने प्रहरीलाई पनि कारबाही गर्न माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?