काठमाण्डौं : पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु हुनका साथै एक जना घाइते भएका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरो जाँदा उक्त घटना भएको हो ।
पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानीमा गंगा रास्कोटीको घर पुरिँदा उनका तीन जना नातिनातिनाको मृत्यु भएको वडा अध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया अञ्जना रास्कोटीको रहेका छ ।
घटनामा १४ वर्षीय सचिन रास्कोटी सामान्य घाइते भएका छन् । मृत्यु हुने बालबालिका दाजुभाईका छोराछोरी हुन् । मंगलवार बिहान साढे ६ बजेको समयमा अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले टिनको छाना भएको दुई तले घरको कुनापट्टिको आधा भाग भत्किएको थियो।
बिहानको समयमा बालबालिका सुतिरहेको अवस्थामा पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।