१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

Breaking: बचतकर्ताको ६० लाख कुम्ल्याउने श्रमजीवी सहकारीका अध्यक्ष निवस्त्र पक्राउ

काठमाण्डौं : धनुषामा एक सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन । श्रमजिवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबाबु यादव बचतकर्ताको ६० लाख खाएको आरोपमा पक्राऊ परेका हुन ।

धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी सहकारीका अध्यक्ष रामबाबु यादव पक्राउ परेका हुन्। ४२ वर्षीय यादव सहकारीको ६० लाख हिनामिना गरी फरार भएका थिए। विगत एक वर्षदेखि फरार रहेका यादवलाई बचतकर्ताले जनकपुर उपमहानगरपालिका ९ वंशी चोकबाट पक्राउ गरेका हुन्।

प्रहरी र बचतकर्तादेखि भाग्दै हिँडेका यादव जनकपुरमै आफन्तको घरमा लुकिछिपी बसेका थिए। बचतकर्ताले उनी बसिरहेको घर घेराउ गरी समातेर प्रहरीको जिम्मा लगाएका हुन्। सयौँको संख्यामा उनी बसेको घर घेर्न पुगेका बचतकर्ताले उनलाई निवस्त्र प्रहरीको जिम्मा लगाएका छन्। स्थानीयका अनुसार पक्राउ गर्ने क्रममा आक्रोशित भीडले उनीमाथी हातपात पनि गरेको थियो। यादव सबैला, खरीहानी, ठिल्लाका ७ सय ५० जना बचतकर्ताको ६० लाख रुपैयाँ कुम्ल्याएर एक वर्षदेखि अघि नै फरार भएका थिए। हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?