१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

नेपालको विश्वकप खेल्ने लक्ष्यमा लाग्यो ब्रेक

नेपालको विश्वकप खेल्ने लक्ष्यमा लाग्यो ब्रेक लागेको छ । आइसीसी विश्वकप छनोट अन्तरगत शनिबार नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको सुपर सिक्समा पुग्ने सपनामा ब्रेक लागेको हो ।

अघिल्लो चरणमा पुग्न जित्नै पर्ने खेलमा नेपाल फराकिलो अन्तरमा पराजित भयो । जितसँगै नेदरल्याण्ड्स एक खेल अघिनै सुपर सिक्समा स्थान खबनाउन सफल भएको छ । यो समूहबाट नेदरल्याण्ड्ससँगै वेष्ट इन्डिज र जिम्बावे सुपर सिक्समा प्रवेश गर्दा अमेरिका र नेपाल बाहिरिएका छन् ।

नेदरल्याण्ड्सविरुद्धको हारको कारण पुनः नेपालको कमजोर ब्याटिङ बन्यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले नेदरल्याण्ड्ससामु प्रतिस्पर्धात्मक लक्ष्य समेत प्रस्तुत गर्न सकेन।

नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले २८ औं ओभरको पहिलो बलमा मात्रै ३ विकेट गुमाएर पूरा गर्यो। नेदरल्याण्ड्सको जितमा म्याक्स वडवडले सर्वाधिक ९० रन जोडे। उनलाई गुल्सन झाले २७ औं ओभरको पहिलो बलमा बोल्ड गरे।

बास डे लीडेले ४१ र तेजा निदामानुरु २ रनमा नटआउट रहे।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए। ४३ बल खेलेर ३० रन बटुलेका विक्रमजित सिंहलाई १३ औं ओभरमा सन्दीपले एलबीडब्लु धरापमा पारे।

त्यसपछि आएका वेस्ली वरेस्सीलाई पनि सन्दीपले नै १५ औं ओभरमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट गराए। बरेसी ३ रनमै आउट भए।

सन्दीपले पूरै १० ओभर बलिङ गर्दै ६० रन खर्चिए। सुरुका दुई खेलमा विकेट बिहिन भएका सन्दीपले पछिल्ला २ खेलमा भने विकेट हात पारे।

त्यसअघि नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १६७ रन मात्रै बनाउन सक्यो।

नेदरल्याण्डसामु नेपाल सुरुबाटै दबाबमा पर्यो। ओपनर आशिफ शेखलाई शुन्य रनमा गुमाएको नेपालका अर्का ओपनर कुशल भुर्तेल पनि २७ रनमा आउट भए।

भीम सार्कीले २२ रन जोड्दा आरिफ शेख ६ रनमा पेबेलियन फर्किए। कप्तान रोहितले पनि नेपालको इनिङ सम्हाल्न सकेनन्। ३३ रनमा रोहित क्याचआउट हुनुअघि नै कुशल मल्ल १२ रनमै आउट भए।

दीपेन्द्रसिं ऐरी १४ र गुल्सन झा १५ रनमा आउट हुँदा करण केसीले मात्र एक रन जोड्न सके।

अन्तिम विकेटका लागि सन्दीप लामिछानेले २७ रनको सम्मानजनक स्कोर बनाए पनि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सकेन। जारी विश्वकप छनोटमा नेपालले बनाएको यो सबैभन्दा स्कोर हो। यसअघि वेष्ट इण्डिजसामु २३८ रन जोडेको थियो।

अमेरिकालाई सहजै पराजित गरेको नेपालले जिम्बाबेलाई पनि २९१ रनको लक्ष्य दिएको थियो। तर नेदरल्याण्डसामु भने नेपाली ब्याटर निरिह बने।

नेदरल्याण्ड्सका लगन भानविकले सर्वाधिक ४ विकेट लिए। ९.३ ओभर बलिङ गरेका उनले मात्र २४ रन खर्चिएर। बास डे लिड र भिक्रमजित सिंहले समान २ विकेट लिँदा बाँकी २ विकेट क्लिटन फ्ल्वेड र आरयन दत्तको नाममा रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?