२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

कानुनका विद्यार्थीलाई संसदीय मामिलामा ईन्टर्नसीप गराउँः बद्रीप्रसाद पाण्डे

काठमाडौं, ६ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पाण्डेले कानुन पढ्दै गरेका विद्यार्थीहरुलाई ईन्टर्नसीपको रुपमा संसदीय मामिला ल्याउन पर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कानुनमा स्नातक वा स्नातकोत्तर गरिरहेका विद्यार्थीलाई कानुन मन्त्रालय अन्तर्गतको संसदीय मामिलामा ईन्टर्नसीपको रुपमा ल्याउन सके कानुनको कोणबाट उनीहरुले सहयोग पुर्याउन सक्ने बताएका हुन् ।

‘कानुन मन्त्रालयमा संसदीय मामिला पनि छ । कानुन पढिरहेका विद्यार्थीहरु, स्नातक गर्दै गरेका विद्यार्थीहरु अथवा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरुलाई ल्याएर हाम्रो संसदीय मामिलामा राखौं । उनीहरुलाई ईन्टर्नसीपको रुपमा राखिदिउँ । जसले गर्दा संसदीय मामिलालाई उनीहरुले कानुनको कोणबाट सहयोग पुर्याउन सकुन्,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?