२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

समाजवादी मोर्चा घोषणा आज , कसले गर्छ नेतृत्व ?

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित चार दल मिलेर बन्ने समाजवादी मोर्चा आज घोषणा हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो ।

दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा आयोजना हुने कार्यक्रममार्फत समाजवादी मोर्चाको औपचारिक घोषणा गर्ने दलहरुले तयारी गरेका छन् । उक्त घोषणा कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्तालाई चारै दलले सहभागी हुन आह्वान गरेका छन् ।

आइतबार बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जसपा र विप्लव नेतृत्वको नेकपाबीचको बैठकले आज घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको थियो ।

दलहरुले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने सहमति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?