एमालेमा ७० वर्षे उमेरहद उपयुक्त थिएन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षको उमेरहद उपयुक्त नभएको र यसका कारण प्रगति गर्न पनि अप्ठेरो भएको बताएका छन् ।

शनिबार ललितपुरमा अखिल नेपाल महिला संघ बागमती प्रदेश प्रथम सम्मेलन उद्घाटन गर्दै ओलीले संसारमा कहीँ नभएको ७० बर्षे प्रावधानले पार्टीलाई नै अघि बढाउन समस्या भएको र उपयुक्त नभएकाले हटाउने निर्णय गर्नुपरेको प्रष्ट पारेका हुन् ।

उनले ७० वर्षको उमेरहदका बिषयमा असन्तुष्टि जनाउनु राजनीतिक कुरा नभएको भन्दै पार्टी नेतृत्वमा आउन मन लागे आगामी महाधिवशेनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका पदमा चूनाव लड्न पार्टी नेताहरुलाइ सुझाव दिए । ओलीले ७० वर्षको उमेरहदका कारण धेरै नेताहरु हच्चिएको र राजनीति नै छोडनुपर्ने स्थिति देखापरेको जिकिर गरे ।

एमालेलाई एकतावद्ध गर्न र एमालेमा प्रवेश गर्न चाहनेहरुलाई बाटो खुल्ला गर्न पनि उमेरहदलाई हटाउनै पर्ने देखिएको उनको भनाइ छ । ओलीले अनावश्यक बिषयमा नअल्झन पार्टीका नेताहरुलाई आग्रह गर्दै देश बनाउने काममा एमालेलाई बलियो बनाउनका लागि एकजुट हुन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?