बेलडाँडीका युवा माली भैँसी पालन व्यवसायमा

कञ्चनपुर, २ असार : पछिल्ला दिनमा रोजगारी र गुजारा चलाउनका लागि युवा जनशक्ति विदेश पलायन हुनेक्रम बढिरहेको छ । स्वदेशमा भविष्य नदेखेपछि युवा विदेशीनेक्रम बर्षनी बढिरहेको छ । तर, केही युवाले भने स्वदेशमै भविष्य देखेर व्यवसायिक कृषि कर्ममा जुटेका छन । यस्तै मध्येका बेलडाँडी गाँउपालिका २ चवन्नीका युवा प्रकास माली हुन । बेलडाँडीका युवा प्रकासले नाम जस्तै काम गर्ने प्रतिज्ञा गरेका छन । मालीले व्यवसायीक कृषि पशुपालन व्यवसाय शुरु गरेका छन । ग्रामिण भेगमा उनले भागेश्वर कृषि फर्म खोलेर भौसी पालन शुरु गरेका हुन । मालीले स्थानीय प्रेमसिह साउदको ४ विगाह जमिन लिजमा लिएर व्यवसायी कृषि व्यवसाय शुरु गरेका छन । बार्षिक १ लाख ६० हजार लिजमा मालीले जमिन लिएका हुन । पशुको आहारा घाँसका लागि बढि जमिन भाडामा लिएका छन । मालीले चवन्नी ढकनियामा भौसी पालन शुरु गरेका हुन । ६ महिनादेखि भैसी पालन व्यवसायमा लागेका मालीले उन्नत जातका गाई र बाख्रा पाल्न पनि संचरना निर्माण गरिरहेका छन ।
भैसीको बस्ने र आहाराका लागि संरचना बनाईएको छ । भने गाई र बाख्रा पाल्न पनि संचरना निर्माण जारी छ । हाल उन्नत जातका १२ भौसी पालिएका छन । शुरुवाती दिनमा स्थानीय बजार चवन्नी, बेलडाँडीमै दुध बेचिरहेका छन । परिवार विशेष गरेर आमाको प्रेरणाबाट उनले भौसी पालन व्यवसाय गरेको बताए । ‘मेरै घरमा पहिलेदेखि नै २÷३ भौसी पालेका छौँ, ‘उनले भने, ‘दिनभरी आमाले भौसीका लागि गर्ने मेहनत देखेर आफुलाई परिवार निर्वाहमुखी भन्दा व्यवसायीक गर्न लागेको हुँ ।’

हाल फर्ममा १२ भौसी रहेपनि २५ पु¥याउने लक्ष्य रहेको छ । भने एकै लटमा १ सय बाख्रा र २५ उन्नत जातका गाई पाल्ने योजना रहेको मालीले बताए । ‘बजारमा दुधको आवश्यकता अनुरुप संख्या समेत विस्तार गछौँ, ‘उनले भने,‘दुधसंगै गोरब प्राङगारिक मल बनाउन माग बढिरहेको छ ।’ दैनिक एक हजार लिटर दुध बिक्रि गर्ने योजना अनुरुप हाल एक सय लिटर बेचिरहेको बताए ।
हालसम्म ३० लाख लगानी गरिएको बताउँदै एक करोड लगानी गर्ने योजना रहेको बताए । बिक्रि हुन बाँकी रहेको दुधबाट छुर्पी लगायतका अन्य परिवार समेत बनाईनेछन । ‘कृषिबाट थुप्रै काम गर्न सकिन्छ, जनतालाई स्वच्छ, ताजा दुध उपलब्ध गराउनेदेखि प्राङगारिक मल सहित विवित बस्तु बनाउँछौँ, ‘उनले भने, ‘कृषिमा सम्भावना छ, तर काम गर्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।’

फर्ममा माली आफुले समेत नियमित किसानकै जस्तो काम गर्दै आएका छन । गोबर सोर्नेदेखि, भौसीका लागि आहारा व्यवस्थापन बजारमा दुध पु¥याउने गरेका छन । ५ जना स्थानीयले रोजगारी पाएका छन । गाँउमै फर्म खुलेपछि स्थानीयले आनशिक तथा फुलटाईम रोजगारी पाएपछि हर्षित भएका छन ।

मालीले थुप्रै चुनौतीका बाबजुत पनि युवाले स्वदेशमै श्रम, मेहनत गरेर उदाहरणीय काम गर्न प्रेरित गरेका छन । उनले सानो पुँजीबाट व्यवसाय शुरु गरेर युवालाई रोजगारीका लागि भौतारिएर विदेशीनु भन्दा स्वदेशमै कृषि व्यवसाय गर्न सुझाव दिदै आएका छन । युवाको पशुपालत तर्फ गरेको कामप्रति अन्य युवाले समेत कामको प्रसंसा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?