१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

आहुतीहरु बढी जान्ने भए , बाह्य हस्तक्षेप विरुद्ध समाजवादी मोर्चा आवश्यक : नेकपा नेता समर

नेकपा कञ्चनपुरको चौथो पूर्ण बैठक सम्पन्न

कञ्चनपुर , जेठ २८ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार पार्टीका कञ्चनपुर सचिव दिवार सी को अध्यक्षतामा बसेको बैठक विशेष गरी क्रान्तिकारी पार्टीहरु विच भएको एकताको भावलाई सम्प्रेषण गर्दै बैठक सम्पन्न भएको हो ।

जिल्लाको महेन्द्रनगर भएको उक्त बैठकले जन वर्गीय संगठनहरुका भेला र बैठकलाई असार १० गते भित्र गरिसक्ने , उत्पादन कार्यमा अनिवार्य पार्टी जोडिने , जनताका मुद्दाहरूलाई प्रमुख बनाएर पार्टीका गतिविधि अगाडि सार्ने जस्ता विभिन्न निर्णयहरु बैठकले गरेको नेकपाले बताएको छ ।

नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी ले पार्टी एकताको मूल भाव सम्प्रेषण नै अहिलेको मुख्य विषय भएको बताए । क्रान्तिको पक्षमा क्रान्तिकारीहरूको ध्रुविकरण आबस्यक रहेको उनी भन्छन । मूल सिद्धान्तमा कुनै सम्झौता नगरी वर्ग हितको लागि एकतामा जाने विषय नेतृत्वको सचेतता रहेको इन्चार्ज समरले बताए । बैठकमा बोल्ने क्रममा उनले भने ,“ अहिलेको बाह्य हमलाको विरुद्ध सबै एकजुट भएर राष्ट्रियताको सवालमा संघर्स गर्नुपर्ने बेलामा आहुतिहरु बढी जान्ने भए र देशभक्त मोर्चाबाट हात झिकेका छन् यो राम्रो होइन ।” लिडरसिपको हात बाँधेर क्रान्ति सम्भव हुँदैन यदि क्रान्तिलाई हित हुन्छं र जनताको प्रक्षमा काम हुन्छ भने सबै सित मिलेर सहकार्य गरेर जान सकिने उनको भनाइ थियो ।

बैठकमा सहभागि अर्का अथिति तथा पार्टी केन्द्रीय सदस्य योद्धा सी ले दलाल पूँजीवादले पार्टी र जनता बीचको सम्बन्ध टुटाउन खोजेको बताए । पार्टीले एकताको विषयलाई अगाडि सारेको छ तर केही तत्वहरू त्यसलाई असफल बनाउनु लागेको उनको भनाइ छ । नेकपा नेता योद्धाले भने ,“पार्टीको नेतृत्व र विचार सही हुँदा अहिले जनता पार्टी प्रति आकर्षित छन् । जनअनुमोदित संघर्षलाई प्रमुख प्राथमिकता दिएर जानुपर्छ ।”पूँजीवादले परनिर्भर बनाएको अर्थ प्रणालीलाई परिवर्तन गर्न नेकपाले आत्मनिर्भर अर्थतन्त्रका लागि श्रम र उत्पादन अनिवार्य गर्नुपर्ने नीति ल्याएको उनी भन्छन् ।

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले राष्ट्रिय राजनीतिमा पार्टी नेतृत्व स्थापित भएको स्थितिमा जिल्ला तहमा पनि सबै खाले हस्तक्षेप बढाउनु पर्ने बताए । पार्टीको लागि जनताको मुद्दा उठान गर्ने संगठन निर्माण गर्ने कुरा मुख्य भएको बताउँदै कञ्चनपुर जिल्ला हिजोको तुलनामा आज संगठन बलियो हुँदै गएको उनी बताउँछन । उनले भने ,“ नयाँ मान्छेहरू जोडिने क्रम जारी छ ,अहिले पनि पार्टीमा तीन दर्जन बढी मुद्दा आएका छन् । यो राज्यले जनताका समस्याको हल नदिए पछि जनताले हाम्रो पार्टीलाई खोजेको छ र जनताका मुद्दालाई समेटेर जाउँ ।”

जिल्लाका सचिव दिवार सी को अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अथिति नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी, अथितीहरुमा पार्टी केन्द्रीय सदस्य योद्धा सी, पार्टी केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी र अन्य पार्टीका जिल्ला सदस्यहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?