बझाङ , जेठ २५ : बझाङ जिल्लाको बझाङदिप क्याम्पसमा स्ववियुमा निर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । हिजो ( बुधबार ) विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो ।
बैठकले जिल्लाको टाढाबाट क्याम्पसमा पढ्न आउने विद्यार्थीहरुलाई छात्रावासको व्यवस्था गर्ने लगायत अन्य विभिन्न विषयमा छलफल भएको स्ववियु सभापति कमल थापाले बताएका छन । उनले भने , “ थलारा डिग्ला , दङार्जी दुर्गाथली चुवावन , केदारस्यु लोतु , मल्लेसी , लगायतका टाढा टाढा बाट यस क्याम्पसमा पढ्न आउने विद्यार्थीहरूलाई छात्रावासको व्यवस्था गरिएको छ ।”
सभापति ज्यूले शैक्षिक भ्रमण लैजाने , छात्रवृत्ति दिने , वार्षिकोत्सव सम्बन्धी, खानेपानी प्रदान गर्ने जस्ता विभिन्न निर्णयमाथि छलफल भएको उक्त क्याम्पसमा निर्वाचित एक स्ववियु सदस्यले बताएका ।
यस अघि नै स्ववियु सभापति कमल थापाले क्याम्पस सुधारका लागि विद्यार्थी संग सभापति अभियान सुरु गरेका छन् जस अन्तर्गत उनले जयपृथ्वी अस्पताल संग सम्झौता गरी विद्यार्थीहरुलाई उपचारमा छू दिने व्यवस्था मिलाएका थिए ।














