एमालेमा उमेर हद लाग्दा ठुस्किएका वामदेव अहिले भने हुरुक्कै !

एमालेले ७० वर्षे उमेर हद हटाए सँगै एमाले फर्किने तयारीमा वामदेव

काठमाडौं,२४ जेठ । राष्ट्रिय सभा सदस्य एवं नेकपा (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन् । राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा गौतमले एमालेले गरेको ७० वर्षे उमेर हद हटाउने निर्णयको स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्कने बताए ।

एमालेमा उमेर हद लाग्दा ठुस्किएका वामदेव अहिले
उमेर हद हटाइएको यही अवस्था रहे हामी एमालेमा जान्छौँ । म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भने,‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’

आफू पदका लागि नभएर एमालेभित्र योगदान दिनका लागि जान लागेको गौतमले बताए । आगामी ११औं महाविधेशनमा पनि ओली नै अध्यक्षको उम्मेदवार भएको उनको दाबी छ । ओलीको ठाउँमा एमालेमा अरु कोही नेता उत्पादन नभइसकेको उनले टिप्पणी गरे ।

‘यो महाधिवेशनको अवधि सकिएपछि ११औं महाधिवेशन हुन्छ । त्यसको अर्को १२औं महाधिवेशनसम्म पनि बाँचिरहनु भयो केपी ओली भने उहाँ नै हो अध्यक्ष । अर्को व्यक्ति त्यहाँ छैन,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?