आफूले पाएको अवार्ड टोइलेटमा राख्ने बलिउड कलाकार नसीरुद्दीन शाह

एजेन्सी । बलिउडका बहु प्रतिभाशाली अभिनेता नसिरुद्दीन शाहले आफूले पाएका अवार्डहरु टोइलेटमा हेण्डलको रूपमा प्रयोग गरेको बताएका छन् । उनले एक मीडिया सँग कुराकानी गर्दै आफूले पाएको अवार्डलाई लिएर आलोचना गर्दै येस्तो बताएका हुन् ।

चलचित्रकर्मी नसिरुद्दीन शाहले मुम्बईमा फार्महाउस बनाएका छन् । त्यहाँका ढोकाहरूमा भएका ह्यान्डलहरू उनले प्राप्त गरेको ट्रफीबाट बनेका हुन् । यस सम्बन्धमा शाहलाई प्रश्न गरिएको थियो ।

उनले भने, ‘अब मेरा लागि यी अवार्डको कुनै अर्थ छैन । मैले फिल्मफेयर अवार्डमा पाएको ट्रफी वाशरूमको ह्यान्डलको रूपमा प्रयोग गर्छु । जब कोही मेरो घरको नुहाउने कोठामा पस्छ, उसले ढोकामा ह्यान्डलको रूपमा दुईवटा फिल्मफेयर ट्रफी झुण्डिएको भेट्टाउनेछ ।’

‘अब मेरा लागि यी अवार्डको कुनै अर्थ छैन । यसअघि यी अवार्ड जितेपछि खुशी लाग्थ्यो । बिस्तारै यस्ता धेरै अवार्डहरु भए ।’एक मिडिया हाउससँग कुरा गर्दै उनले भने –‘केही समयपछि थाहा भयो कि यी अवार्ड लबिङको परिणाम हुन् । ती व्यक्तिहरूले पुरस्कार पाउन थाले जो यसको हकदार छैनन् । त्यसपछि मात्र मैले यी अवार्डहरूसँग सम्बन्ध तोड्न थालें ।’

नसिरुद्दीन शाह भन्छन् – मैले यी अवार्डहरूको अवधारणा बुझिनँ । सबै कलाकारहरूले कडा परिश्रम गर्छन्, तर वर्षको उत्कृष्ट अभिनेताको ट्रफी एक अभिनेताले मात्र पाउँछन् । यो सही होइन । म पछिल्ला दुई अवार्ड लिन गएको पनि छैन । त्यसैले मैले एउटा फार्महाउस बनाए र यी अवार्डहरू त्यहाँको शौचालयमा राख्ने निर्णय गरें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?