७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

आफूले पाएको अवार्ड टोइलेटमा राख्ने बलिउड कलाकार नसीरुद्दीन शाह

एजेन्सी । बलिउडका बहु प्रतिभाशाली अभिनेता नसिरुद्दीन शाहले आफूले पाएका अवार्डहरु टोइलेटमा हेण्डलको रूपमा प्रयोग गरेको बताएका छन् । उनले एक मीडिया सँग कुराकानी गर्दै आफूले पाएको अवार्डलाई लिएर आलोचना गर्दै येस्तो बताएका हुन् ।

चलचित्रकर्मी नसिरुद्दीन शाहले मुम्बईमा फार्महाउस बनाएका छन् । त्यहाँका ढोकाहरूमा भएका ह्यान्डलहरू उनले प्राप्त गरेको ट्रफीबाट बनेका हुन् । यस सम्बन्धमा शाहलाई प्रश्न गरिएको थियो ।

उनले भने, ‘अब मेरा लागि यी अवार्डको कुनै अर्थ छैन । मैले फिल्मफेयर अवार्डमा पाएको ट्रफी वाशरूमको ह्यान्डलको रूपमा प्रयोग गर्छु । जब कोही मेरो घरको नुहाउने कोठामा पस्छ, उसले ढोकामा ह्यान्डलको रूपमा दुईवटा फिल्मफेयर ट्रफी झुण्डिएको भेट्टाउनेछ ।’

‘अब मेरा लागि यी अवार्डको कुनै अर्थ छैन । यसअघि यी अवार्ड जितेपछि खुशी लाग्थ्यो । बिस्तारै यस्ता धेरै अवार्डहरु भए ।’एक मिडिया हाउससँग कुरा गर्दै उनले भने –‘केही समयपछि थाहा भयो कि यी अवार्ड लबिङको परिणाम हुन् । ती व्यक्तिहरूले पुरस्कार पाउन थाले जो यसको हकदार छैनन् । त्यसपछि मात्र मैले यी अवार्डहरूसँग सम्बन्ध तोड्न थालें ।’

नसिरुद्दीन शाह भन्छन् – मैले यी अवार्डहरूको अवधारणा बुझिनँ । सबै कलाकारहरूले कडा परिश्रम गर्छन्, तर वर्षको उत्कृष्ट अभिनेताको ट्रफी एक अभिनेताले मात्र पाउँछन् । यो सही होइन । म पछिल्ला दुई अवार्ड लिन गएको पनि छैन । त्यसैले मैले एउटा फार्महाउस बनाए र यी अवार्डहरू त्यहाँको शौचालयमा राख्ने निर्णय गरें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?