बालिका यौन दुर्ब्यबहारको आरोपमा पक्राऊ परेका मदन ४ लाख धरौटीमा रिहा

खोटाङ, जेठ २३। बाल यौन दुरुपयोग कसुरमा पक्राउ परेका खोटाङका कृषि विज्ञ मदन राई धरौटी तारिखमा छुटेका छन् ।

किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गत २९ वैशाखमा पक्राउ परेका कृषि विज्ञ राई सोमबार पुर्पक्षका लागि ४ लाख धरौटीमा छुटेको जिल्ला अदालत खोटाङका स्रेस्तेदार रामाकान्त यादवले बताए ।

राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन ९शुभम० फाउन्डेसनका संस्थापकरसञ्चालक हुन् । फाउन्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै दिएको प्रहरीलाई उजुरीका आधारमा राई पक्राउ परेका थिए ।

जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाको फैसला नभएसम्म वालिकाको अन्तरिम संरक्षणका लागि फाउन्डेसनमा जान नपाउनेगरी धरौटी तारिखमा रिहा गरेको स्रेस्तेदार यादवले बताए ।

प्रतिवादीकातर्फबाट दुई वरिष्ठसहित १४ जना कानून व्यवसायी र वादी नेपाल सरकारकातर्फबाट दुई जना सरकारी वकिलले थुनछेक वहस गरेका थिए ।

आरोपितविरुद्ध जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोगसम्बन्धी अभियोगपत्र दायर गरेका थिए । अभियोगपत्रमा राईलाई ३ वर्ष कैद र ७५ हजार जरिमाना माग गरिएको थियो ।

राईमाथि शुभम फाउन्डेसनले संचालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनलाई खोटाङ प्रहरीले वैशाख २९ गते नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?