कैलालीको हरैया शिविर खाली गर्न नेकपाको सांकेतिक चेतावनी

कैलाली , जेठ २१ : कैलालीको गोदावरी नगरपालिका ६ मा रहेको हरैया शिबिर लाई खाली गर्न विप्लव नेतृत्वको नेकपाले चेतावनी स्वरूप सांकेतिक कारबाही गरेको छ । गएको राती नेकपाले एक उद्योगीले होटल खोल्न प्लटिङ गरेको सो जमिनका विद्युतीय पोलहरु ढाल्ने,नालीहरु भत्काउने जस्ता कार्य गरेको स्रोतले बताएको छ ।


जनयुद्धकालमा माओवादीले कब्जा गरेको उक्त हरैयाको जमीन उद्योगीहरुले जालसाजी गरी आफ्नो नाममा गरेका थिए र त्यहाँ ठुलो संख्यामा बस्दै आएका सुकुम्बासीको बिचल्ली पारिएको थियो । सशस्त्र द्वन्धको समयमा तत्कालिन विद्रोही माओबादीले जमिन्दारको जग्गा कब्जा गर्ने निती अनुरुप सो जग्गा कब्जा गरी शुकुम्बासीलाई ल्याएर बसाएको थियो । पछि माओवादी शान्तिप्रक्रियामा आएपछि तत्कालीन केही राजनीतिक व्यक्तित्वको मीलेमितोमा उक्त जमिन उद्योगी रणबहादुर शाहबाट पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालि पोखराले २०७४ माघ २५ गते कैलालीको हरैयास्थित जमिन किनेको थियो ।

सोही बेला देखि संघर्षमा रहेको विप्लव नेतृत्वको नेकपाले हरैया शिविर जमिन कुनै उद्योगीको नाममा नभई विगत लामो समयदेखि भोगचलन गर्दै आएका सुकुम्बासीले पाउनुपर्ने माग राख्दै आएको थियो ।

के भन्छ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ?

विगतको जनयुद्धकालमा हाम्रै पार्टीले साहु जमिनदारहरुको जमिन कब्जा गरी जनतालाई बाँड्ने नीति अन्तर्गत हरैयाको त्यो जमीन पनि कब्जा गरिएको हो र त्यहाँ सुकुम्बासीहरुलाई राखिएको थियो । तर पछि पार्टी शान्ति प्रक्रियामा आएपछि केही घृणित मानसिकताका व्यक्तिकै सेटिङमा उक्त जमिन कुनै आमुख कम्पनीलाई बेच्ने काम गरियो । हामीले त्यतिबेलै यो कुराको विरोध गरेका थियौं र आन्दोलन पनि अगाडि बढाएका थियौं त्यसै क्रममा पार्टीका नेताहरुको सहादत भएको र केही अहिले पनि जेलमा रहेको नेकपाको भनाइ छ । त्यसकारण उक्त व्यक्तिको नाम रहेको जमिन जुनसुकै हालतमा पनि खारेज हुनुपर्छ र त्यहाँ वर्षौं देखि जमिन भोगचलन गर्दै आएका सुकुम्बासीले जमिन पाउनुपर्छ । पार्टीको यसै नीति अनुसार हामीले उक्त हरैया शिविरमा प्लटिङका लागि बन्न लागेका संरचना भत्काउने काम गरेका छौ,यो सांकेतिक कारबाही हो । जमिन नचोडे सम्म पार्टीले जुनसुकै चुनौती मोल्न तयार छ तर जमिन फिर्ता गरी सुकुम्बासीले पाउनु पर्छ,नेकपाले हामी संग बताएको छ ।

के हो हरैया जमिन विवाद ?

तत्कालीन विद्रोहमा रहेको नेकपा माओवादीले जमिन्दारबाट कब्जा गोदावरीको वडा नं ६ हरैया शिविरमा रहेको झण्डै २३ बिघामा २०६१ सालमा सुकुम्बासीलाई बसाएको थियो । पार्टी शान्ति प्रक्रियामा आएपछि उद्योगी रणबहादुर शाहबाट पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिले २०७४ माघ २५ गते कैलालीको हरैयास्थित जमिन किने पछि विप्लव नेतृत्वको नेकपा, बसोबास गर्ने सुकुम्वासीहरु आन्दोलित भए पछि विवादले उग्र रुप लिंदै गयो । जमिन खरिदकर्ता सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालि पोखराले भाडाका गुण्डा ल्याएर तथा स्थानीय प्रहरी प्रशासनको मिलेमितोमा सुकुम्बासीलाई हटाउने कार्य गरेको थियो । सुकुम्बासीको बिचल्ली पारे पछि नेकपा त्यति बेलै देखि उक्त जमिन उद्योगीको नाममा नभई वास्तविक पीडित सुकुम्बासीले पाउनु पर्ने माग राख्दै आएको छ । पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिले भने सो क्षेत्रमा आफूले उद्योग व्यवसाय सञ्चालनमा ल्याउने भनेर जग्गा प्लटिङ गरी त्यहाँ विद्युतीय पोलहरू राख्ने,नाली निर्माण गर्ने जस्ता कार्यहरू गरिरहेको छ ।

सुकुम्बासीको बिचल्ली ?

कैलालीको गोदावरी नगरपालिका हरैया शिविरबाट धनगढी उप–महानगरपालिकाको धुर्जन्ना सारिएका केही सुकुम्बासी परिवारको समेत बिचल्ली भएको छ । कम्पनीले उचित व्यवस्थापन नगर्दा ठूलो समस्या भएको पीडितहरुको गुनासो छ । हरैया शिविरमा लामो समयदेखि बसोबास गर्दै आएका झण्डै २५० परिवारको बिचल्ली भएको छ, घरबार बिहिन बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?