युवालाई नेतृत्व दिन तयार छु : देउवा

काठमाडौं । एउटा व्यक्तिलाई गाली गरेर पार्टी ठूलो बन्दैन भन्दै कांग्रेस सभापति शेर बहादुर देउवाले आफूले युवालाई नेतृत्व दिन तयार भएको बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउवाले उक्त कुरा बताएका हुन् ।

सभापति शेरबहादुर देउवाले नेतृत्वलाई गाली गरे संगठन बलियो नबन्ने भन्दै सबै नेता र कार्यकर्तालाई एकजुट भएर काम गर्न निर्देशन दिएका छन् ।

आफ्नो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमै आफूविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुभएका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै सभापति देउवाले भन्नुभयो, ‘काम गर्नुहोस् न पार्टी ठूलो बनाउनुहोस्, बलियो बनाउनुहोस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ । पार्टी बनाउने जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । आपसी लडाइँले पार्टी दुर्घटनामा जान सक्छ । यसतर्फ पनि सचेत रहनुहोस् ।’

सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने उद्घोषसमेत गर्नुभएको छ । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले सभापतिको रूपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको स्पष्ट पार्दै भन्नुभयो, ‘पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो,पार्टी सभापति हुने होइन । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?