काठमाडौं , जेठ २० : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सी ले राष्ट्रिय स्वाधिनताको लडाइँलाई अन्तराष्ट्रिय अदालतसम्म लैजानपर्ने बताएका छन् । नेपालको भुभाग समेटी भारतले जारी गरेको नक्सा विरुद्ध शनिवार काठमाडौंमा नेकपा निकट संयुक्त जवसको आयोजनमा गरिएको विरोध प्रदर्शनमा बोल्दै अध्यक्ष सी ले सो कुरा बताएका हुन् ।
उनले पुर्खाहरूले ज्यानको बली चढाएर बचाएको आफ्नो मातृ भूमि माथि फेरी कसैले गिद्धे नजर लगाएमा निर्मम संघर्ष गर्ने चेतावनी दिएका छन् ।
“प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको प्रसंगलाई जोड्दै नेपालमाथी भारतले साम्राज्यवादी हर्कत देखाइरहेका बेला भारत भ्रमणमा रहेका प्रचण्डले उक्त बिषयमा चासो नराख्नु नेपाली जनताको अपेक्षा विपरीत भएको र धर्मनिरपेक्ष राष्ट्रका प्रधानमन्त्री प्रचण्डले भारतमा गेरुधारी बस्त्र पहिरिएर विदेशीको अगाडि लम्पसार भएका छन् , अध्यक्ष प्रकाशले भने ।
उक्त विरोध कार्यक्रममा विद्यार्थी नेता प्रकाशले विगतदेखि नेपाली जनताले स्वाधिनताको लडाइँ लड्दै आएको बताउँदै विदेशी हस्तक्षेप रहेको आजको स्थितिमा राष्ट्रियता रक्षाको लागि देशभक्त युवाहरूले एक पटक फेरी संघर्षका लागि एकजुट हुन अपील गरेका छन् । भारतले आफ्नो नवनिर्मित सांसद भवनमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राखी आफ्नो नक्सा सार्वजनिक गरेको कुरा देशको राष्ट्रियता , स्वाधिनता र अखण्डता माथिको हस्तक्षेप भएको बताउँदै दुई राष्ट्रबीच समुन्वय र सहकार्य स्वीकार्य हुन्छं, उनले भने । यदि ठुलो रास्ट्र भएकै आधारमा दमन र अत्याचार गरिन्छ भने त्यसको विरुद्ध संघर्ष हुने सम्बोधनका क्रममा उनले बताए ।
साथै आज नेकपा निकटकै अखिल क्रान्तिकारी केन्द्रीय समितिले काठमाण्डौको लैनचौर स्थित रहेको भारतीय दूतावासमा भारतले सार्वजनिक गरेको नेपाली भूमि सहितको अखण्ड भारतको नक्सा खारेज हुनुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको संगठनले जनाएको छ ।
संगठनले भारतीय दूतावासमा बुझाएको विज्ञप्ति :















