१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

प्रहरीलाई प्रभावकारी बनाउन गम्भीर आत्मसमीक्षा गर्ने बेला आयो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर रूपमा आत्मसमीक्षा गर्ने बेला आएको टिप्पणी गरेका छन् ।

शुक्रबार इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

’प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ,’ श्रेष्ठले भन्नुभयो, ’देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।’ प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।

इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी जेठ २ गते १०ः१५ बजे सगरमाथाको शिखरमा पुगेका हुन् ।

हाल इन्टरपोलमा १९५ रास्ट्र सदस्य छन् । हिमालयन एडभेन्चरले आरोहणमा सहयोग गरेको थियो । इन्टरपोलले सतवार्षिकीमा विभिन्न कार्यक्रम गरी मनाएको छ । त्यस अवसरमा नेपालले भने सगरमाथाको आरोहण गरेर मनाउने निर्णय लिएको थियो । उक्त निर्णयमा नेपाल सफल भएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले आरोही नेपालीलाई बधाइ दिएका छन् । ’नेपाल प्रहरी र नेपाल सरकारलाई जुन गौरव गर्ने अवसर दिनुभएको छ त्यसको लागि पुरुषोत्तम नेपालीलाई बधाइ तथा शुभकामना दिन चाहन्छु,’ श्रेष्ठले भने, ’नेपाल प्रहरीले हरेक क्षेत्रमा सफलता प्राप्त गर्दै गौरव गर्ने भूमिका निर्वाह गरेको छ ।’

प्रहरीलाई आजको स्थितिमा ल्याउन भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पूर्वप्रहरी नेतृत्वलाई धन्यवाद दिए । ’ठगी तथा संगठित अपराधमा नेपाल प्रहरीले गरेको कामबाट आम जनता खुसी छन् । कसैको दबाबमा नपरी कुनै निर्दोष नफसोस र कुनै दोसि नउम्कियोस् । यसरी कार्यसम्पादन गरे मात्रै प्रहरीको सफलता देखिन्छ,’ श्रेष्ठले भने, ’जनताको जीउधनको सुरक्षा, सामाजिक न्यायसहित समृद्धिको गुणात्मक फड्को नै हाम्रो अहिलेको प्राथमिक कार्यभार हो ।’

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने श्रेष्ठले उल्लेख गरे ।

’भस्ट्राचार नियन्त्रण र सुशासनलाई प्राभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने छ । अझै पनि रुपान्तरणका लागि तयार नहुने प्रवृत्ति कहीँ कतै देखिएको छ,’ श्रेष्ठले भने, ’सरकारले पुरुस्कार र दन्डको व्यवस्था गर्नेछ । आफूलाई केन्द्रमा राखेर देश र जनतालाई महत्व नदिने केही प्रवृत्तिहरू छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?