१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

बचतकर्ताको दुई करोड ७५ लाख रकम अपचलन गरेको आरोपमा हुलाक प्रमुख पक्राउ

काठमाडौं। बलिरामप्रसाद कुर्मीलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। जिल्ला हुलाक कार्यालय कलैयाका निमित्त प्रमुख कुर्मीलाई बचतकर्ताको दुई करोड ७५ लाख रकम अपचलन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

हुलाक बचत बैंकबाट कुर्मीले दुई करोड ७५ लाख अपचलन गरेको कार्यको अनुसन्धान गर्न हुलाक विभागबाट पत्र नै आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बाराका प्रहरी उपरीक्षक गोबिन्द्र बोगटीले बताए।

हुलाक विभागको परिपत्रअनुसार बचतकर्ताको बचत रकम दुई करोड ७५ लाख रहेको छ भने त्यसको ब्याज जोड्दा चार करोडको हाराहारीमा पुग्ने बोगटीले बताए ।

हुलाक बचत बैंक,जिल्ला हुलाक कार्यालय बारा कलैयामा रकम जम्मा गरेका बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारीलाई महिना दिन पहिला गुहारेका थिए। हुलाक बचत बैंकले बचत रकम दिनमा आलटाल गरेको भन्दै बचत रकम फिर्ताका लागि पीडितले प्रजिअ नवराज सापकोटासमक्ष उजुरी नै दिएका थिए ।

हुलाक बचत बैंक,जिल्ला हुलाक कार्यालय बारा कलैयामा रकम जम्मा गरेका २६ जनाले लगभग दुई करोड बचत रकम फिर्ताको माग गर्दै हुलाक बैंकविरुद्ध उजुरी आएपछि त्यसको छानबिन गर्न हुलाक विभागलगायत सम्बन्धित निकायलाई जानकारी गराउँदाअनुसन्धानका क्रममा कुर्मी दोषी देखिएपछि उनी पक्राउ परेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन् ।

हुलाक बचत बैंक, जिल्ला हुलाक कार्यालय बारामा १४ सय बचतकर्ताले रकम जम्मा गरेका जिल्ला हुलाक कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?