काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३२ वटै वडामा सरसफाइ गरेको छ । महानगरले जनप्रतिनीधिले पद बहाली गरेको एक वर्ष पुगेको अवसरमा सरसफाई कार्यक्रम गरेको हो ।
कामनपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले वताए अनुसार
आज वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, छ र ७ त्यसैगरी, वडा नं ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिसर, वडा नं ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइक गरिएको छ ।
महानगरको वडा नं १७ डल्लु पुल, १८ को कार्यालय परिसर, १९ को दमाईं टोल, २० को भीमसेन स्थान, २१ को जैसीदेवल, २२ को टेबहाल, २३ को यङ्गाल, २४ को हनुमानढोका, २५ को असन डबली, २६ को सञ्चय कोष भवन अगाडि, २७ को असन, २८ को कमलादी गणेश स्थान, २९ को ढुङ्गेधारा, ३० को वडा भवनअगाडि, ३१ को पुरानो वडा कार्यालय–भीमसेन गोला तथा वडा नं ३२ को कोटेश्वर चोक (प्रहरी वृत्त) मा सरसफाइ गरिने बताइएको छ ।
सो सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराइने छ ।














