दुवै खुट्टा नभएका रोल्पाका हरिबहादुर बुढा मगर सगरमाथाको चुचुरोमा

काठमाडौं । रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गरेका छन् । घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका उनले कृत्रिम खुट्टाको सहयोगमा शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेका हुन् ।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका उनले अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । यसअघि दुवै खुट्टा गुमाएका दुई जनाले सगरमाथा आरोहण गरेका थिए । यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष चार सय ७८ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको दोब्बरभन्दा धेरै हुन्छ ।

यस्तै? यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख खतिवडाको भनाई छ । यस वर्ष अघिल्लो शनिवारदेखि सगरमाथाको आरोहण सुरु भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?