काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले हालै भारत भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको १२ बुँदे सहमतिको एक बुँदा सम्बन्धी प्रावधानप्रति कडा आपत्ति जनाएको छ ।
पार्टीद्वारा जारी विज्ञप्तिमा चीन र भारतबीच सीमापार व्यापारका लागि लिपुलेक, कालापानी, लिम्पियाधुरालाई प्रवेश–द्वारका रूपमा लिने सहमति नेपाल र नेपाली जनताप्रति गम्भीर अपमान भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “नेपाली भूमि प्रयोग गर्ने सहमति पूर्णतः अस्वीकार्य छ । यसले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गर्ने काम गरेको छ ।”
कम्युनिष्ट पार्टीले दुई मुलुकबीच भएको सहमतिबारे नेपाल सरकार र नेपाली जनतालाई जानकारी समेत नगराई गरिएको निर्णयलाई गम्भीर आपत्तिजनक बताउँदै चीन र भारत सरकारलाई तत्काल सच्याउन आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,“हाम्रो सार्वभौमिकता र अखण्डतामाथिको आक्रमणको हामी घोर निन्दा र भर्त्सना गर्छौँ । नेपाल सरकारलाई यस्तो सहमति खारेज गर्न आवश्यक पहल गर्न जोडदार माग गर्दछौँ ।”
विज्ञप्ति
:



