२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

स्याफ्रुबेसी–रसुवागढी सडक सञ्चालनमा आउन अझै एक साता लाग्ने

रसुवा,। चीनतर्फको प्रमुख व्यापारिक नाकासँग जोडिएको स्याफ्रुबेसी–रसुवागढी सडक बाढीले क्षति पुर्‍याएपछि २२ दिन बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सडक बन्द हुँदा यात्रुहरू पैदल यात्रा गर्न बाध्य भएका छन् ।

गत साउन १४ गते चीनतर्फको लेन्देखोलामा आएको बाढीले सडकका करिब दुई किलोमिटर भाग क्षति पुर्‍याएको थियो। यसअघि असार २४ मा आएको बाढीले करिब एक किलोमिटर सडक भत्काएपछि १३ दिनको मर्मतपछि साउन ४ गतेदेखि एकतर्फी सञ्चालनमा आएको थियो ।

गोसाइँकुण्ड गाउँपालिका–३ स्थित मेदाङपुदुङ क्षेत्रमा कडा चट्टान निस्किएको कारण पुनर्निर्माण कार्य अपेक्षाकृत जटिल बनेको सडक आयोजना ‘गल्छी–त्रिशूली–मैदान–स्याफ्रुबेसी–रसुवागढी’ का इन्जिनियर रूपनारायण पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार एक मात्र उपकरणको प्रयोगले काम ढिलो भए पनि मर्मत र पुनर्निर्माण कार्य नियमित रूपमा भइरहेको छ।

आयोजनाले टिमुरे, तातोपानी डाँडा, फ्याङलुङ र लिङलिङ क्षेत्रमा क्षतिग्रस्त भाग मर्मत गरेको भए पनि मेदाङपुदुङ खण्ड अझै कठिन भएकाले कम्तीमा एक सातापछि मात्र सडक सञ्चालनमा आउने अनुमान गरिएको छ।

सडक अवरुद्ध हुँदा रसुवागढी नाकाबाट हुने व्यापारिक आवागमनमा पनि असर परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?