२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

आर्थिक सर्वेक्षण २०८१/८२ संसदमा पेस

काठमाडौँ- चालु आर्थिक बर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संसदमा पेस गर्नुभएको हो ।

हिजोसम्म प्रतिनिधि सभाको बैठक अबरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरुले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिने भनेपछि अर्थमन्त्री पौडेलले संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको थियो ।

आर्थकि सर्वेक्षण पेश गर्दै अर्थमन्त्री पौडेलले यस वर्षको आर्थिक बृद्धिदर ४.६१ प्रतिशत हुने उल्लेख गर्नुभयो ।

मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उहाँको भनाइ थियो ।

आर्थिक सर्वेक्षण संसदमा पेश गर्नुअघि नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले संसदमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्नुपर्ने संबैधानिक वाध्यतालाई बुझेर अबरोध नगर्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?