सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले बनाए सफ्टवेयर

कञ्चनपुर, ३१ बैशाख : सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले सफ्वेयर बनाएका छन । विश्वविद्यालय केन्द्रीय कम्प्युटर विज्ञान तथा सुचना विभागका विद्यार्थीले सफ्वेयर बनाएका हुन । कम्प्युटर विज्ञान तथा सुचना विज्ञान विभागका प्रमुख कर्णदेव भट्टले संकायका ४८ विद्यार्थी मध्ये ७ जना विद्यार्थीले सफ्वेयर बनाएको बताए । उनका अनुसार डिजिटल रिस्पोजिङ्ग प्रोजक्ट मार्फत विश्वविद्यालयकै (डिजिटल डाटा संकलन) गरेर सफ्टवेयर बनाएका छन । दुई महिना लगाएर विद्यार्थीले बनाएको डाटा बुधबार केन्द्रीय कार्यालयमा प्रस्तुत गरेका छन ।

‘पहिलो पटक हामीले विद्यार्थी मार्फत डिजिटल डाटा संकलन गरेर सफ्टवेयर बनाएका छौँ, ‘उनले भने, ‘यस पछि पनि थुप्रै कार्यक्रम ल्याउनेछौँ ।’ स्नातक तह अन्र्तरगत पढ्दै कमाउँदै कार्यक्रम अनुरुप विद्यार्थीलाई केही खाजा खर्च दिईएको छ । कम्प्युटर विज्ञान तथा सुचना विभागका शिक्षण सहायक प्रकास साउदले यस अघि विश्वविद्याललयले कोरोना महामारीका बेला अन्य क्षेत्रमा सफ्वेयर ल्याएर अनलाईन परीक्षा गराएको स्मरण गराउँदै आगामी दिनमा विद्यार्थीले यसरी नविनतम क्षेत्रका कार्यक्रम संचालनमा विश्वविद्यालयको साथ सर्मथन आवश्यक रहेको औल्याए ।

विज्ञान संकायका डीन डा. भवानी चन्दले विश्वविद्यालयले कम्युटर विज्ञानका ज्ञाप सीप कार्यक्रम अघि बढाउने कार्य शुरुवात गरेको बताए । समयसापेक्ष अनुरुप विद्यार्थीले समेत नविनतम क्षेत्रका अघि चासो राखेर अघि बढनुपर्नेमा जोडदिए ।

सुदूरपश्चिम विश्विद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले सुचना, विज्ञान तथा प्रविधीका क्षेत्रमा विश्वविद्यालयले लगानी गर्ने बताउँदै, विद्यार्थीले समेत अग्रसर हुनुपर्ने बताए ।
‘विश्वविद्यालयले सृजनात्मक एव देश र समाजका लागि आवश्यक कार्यक्रम उत्पादनका लागि सहयोग गर्छ, ‘उपकुलपति पन्तले भने, ‘आगामी दिनमा समेत सुचना प्रविधीका क्षेत्रमा काम गर्नु विद्यार्थी आफै अग्रसर हुनुपर्छ ।’ उपकुलपति पन्तले विद्यार्थी प्रमाण पत्र एव खाजा खर्च हस्तान्तरण गर्दै सिसेको सीप देश विकास समाजका लागि प्रयोगमा सुझाव दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?