२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

प्रेस सेन्टर कञ्चनपुरद्वारा गृह र संचारमन्त्रीलाई ज्ञापनपत्र

राजावादी आन्दोलमा मारिएका पत्रकार रजतको न्यायदेखि पत्रकार सुरक्षाको माग

कञ्चनपुर, बैशाख २८ : प्रेस सेन्टर नेपाल कञ्चनपुरले गृह र संचारमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रेस सेन्टरले गृह मन्त्रालय र संचार तथा सुचना प्रविधीमन्त्रीलाई ज्ञापन पत्र बुझाएको होे ।

प्रेस सेन्टर नेपाल कञ्चनपुरले केन्द्रीय कार्यक्रम अनुरुप प्रशासन मार्फत गृह र संचार मन्त्रालयमा ज्ञापन पत्र पठाएको छ। राजावादी आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाही मृतक परिवारलाई उचित राहत क्षतिपूर्ति दिलाउनुपर्ने मागदेखिका पत्रकारको हकहित, सुरक्षा लगायतका सार्वजनिक सवाल राखेर ज्ञापन पत्र बुझाएको छ ।

संविधान कार्यान्वयनका लागि संचार नीति बन्नुपर्नेमा अहिलेसम्म बन्न नसकेको भन्दै पत्रकारमैत्री संचार नीति बनाउनुपर्ने, श्रमजिवी पत्रकार ऐन ०५२ कार्यान्वयन गर्नुपर्ने, आम संचार प्रतिष्ठान गठन गर्नुपर्ने, लोक कल्याणकारी विज्ञापन प्रभावकारी कार्यान्वयन, पत्रकार दुर्घटना बीमा पत्रकारमैत्री संचार ऐन सहितका पत्रकारको हकहित सुरक्षाका सवाल राखेर ज्ञापन पत्र बुझाएको जनाएको छ। प्रेस सेन्टर नेपालका उपाध्यक्षद्वय धर्मराज कठायत, भाष्कर केसी सचिव हेमा भट्ट सहितका सेन्टरका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले माथि मन्त्रालय पठाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?