२९ जेष्ठ २०८२, बिहिबार
२९ जेष्ठ २०८२, बिहिबार

सुदूरपश्चिममा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धनगढी, । जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सुरु भएको तीनदिने ‘पत्रकारिता तथा सूचना प्रविधि तालिम’ आज उद्घाटन गरिएको छ। तालिमको उद्घाटन सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले गरेका हुन्।

कार्यक्रमका प्रमुख वक्ता भरत सीले ” तीन दिनसम्म चल्ने तालिममा सैद्धान्तिक र व्यवहारिक अभ्यास दुवै पक्षमा प्रशिक्षण दिइने अपेक्षा रहेको बताउँदै यो तालिममा सीमामा निगरानीको चुनौती पार गर्दै सहभागी बनेका प्रशिक्षार्थीहरू र डिग्री हासिल गरेका प्राज्ञिकहरूको सहभागिता गौरवको विषय रहेको धारणा व्यक्त गरे ।

उनले”आजको युग ज्ञान पूँजीको युग हो। सबैभन्दा बढी सूचना र ज्ञान जहाँ छ, नेतृत्व पनि त्यहीँ केन्द्रित हुन्छ। पूँजीवादले जानकारीलाई नै ज्ञान मानेको छ भने माक्सवादले त्यसलाई दृष्टिकोणसहित बुझ्ने आधारहुने बताए दिन्छ।उनले आत्मनिर्भर नेतृत्वको अभावलाई भ्रष्ट्राचारको मुख्य जड ठहर गर्दै पार्टी र नेताहरूलाई आत्मनिर्भर बनाउन नेकपा ले भमिका खेलिरहेको बेला यो संगठनले पनि यस प्रकारको तालिम अभियानहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले थपे, “देशले अबको नेतृत्वको प्रतीक्षा गरिरहेको छ। प्रचण्ड, ओली , देउवा वा माधवले होइन, अब विप्लवले नयाँ विचार, नयाँ कार्यशैलीसहित नेतृत्व गर्नेछन्।”

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नेकपा नेता विकल्प सीले पत्रकारिता चौथो अंग नभई “पहीलो अङ्ग” को रुपमा चित्रण गर्दै प्रगतिशील पत्रकारितामार्फत देश र जनताको पक्षमा विचार निर्माण गर्न सकिने धारणा राखे। “मिडियालाई चौथो अङ्ग भनिए पनि मेरो नजरमा पाइलो अङ्ग हो”, उनले भने, “पत्रकारिताले देशको राजनीति र सामाजिक रूपान्तरणमा निर्णायक भूमिका खेल्न सक्छ।”

जनपत्रकार संगठनका अध्यक्ष दर्शन सीले तालिमको महत्त्व प्रस्ट्याउँदै सूचना प्रविधिसँग समाज, संस्कृति, राजनीति सबै जोडिएको वर्तमान युगमा वैज्ञानिक र प्रगतिशील पत्रकारिता अनिवार्य रहेको बताए। “नेपालमा समाजवादको क्रान्ति गर्न सूचना प्रविधिलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने। उनले मिडियालाई जनताको आवाज र आलोचनालाई जनसामु पुर्‍याउने पुलको रूपमा व्याख्या गरे।

कार्यक्रममा समर सी , प्रकाश, विमल, कमल, विनोद, आहृवान, सीताराम सी, वसन्त, ममता र पासाङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन धर्म बीकेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?