२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

वादी समुदायहरु भीमदत्तको मुल गेटमा धर्नामा

कञ्चनपुर, १२ बैशाख : भीमदत्त नगरपालिका ४महेन्द्रनगर नगर विकास समितिको जमिन अतिक्रमण गरेर बस्दै आएका वादी(दलित) समुदाय नगरपालिकाको मुल गेटमा धर्नामा बसेका छन । नगर विकास समितिको जमिनमा टहरा बनाएर केही बर्षदेखि बस्दै आएका वादी समुदाय तीन सातादेखि भीमदत्त नगरपालिकाको मुल गेटमा धर्नामा बसेका हुन । न्यायिक बसोबास व्यवस्थापनको माग अघि सारेर तीन सातादेखि वादी समुदाय धर्नामा बसेकोे बताएका छन ।

२१चैत्रमा भीमदत्त नगरपालिकाले नगर विकास समितिको जमिन अतिक्रम गरेर बसेका वादी समुदायको घरटहटा भत्काईदिएको थियो । बस्ने बासस्थान भत्काईदिएपछि आफुहरु बाध्य भएर नालाबाला सहित धर्नामा बसेको बताए । उनीहरुले नगरविकास पीडित वादी संघर्ष समिति मार्फत दैनिक धर्ना दिईरहेका छन । नगरविकास पीडित वादी संघर्ष समितिका संयोजक बसन्ती वादीले कहिकतै बसोबास नभएपछि नगर विकासकै सरकारी जमिनमा बसेको तर आफुहरुको स्थानीय सरकारले यो प्रचण्ड गर्मीमा विचल्ली बनाईदिएको बताईन । ‘स्थानीय सरकारले बस्ने घर भत्काईदियो, हाम्रो बस्ने ठाँउ कहिकतै छैन, ‘उनले भनिन, ‘‘हामीले समाजिक पारिवारिक एव परम्परागत पेशा त्यागिसके, हाम्रो पृष्टीभूमि परिवेसलाई पनि बुझेर अस्थायी बसोबासको व्यवस्था मिलाईदिन्छुपर्छ ।’

अर्को स्थायी बसोबासको व्यवस्था नहुँदासम्म बसेकै स्थानमा बसोबासको माग अघि सारिन । ‘हामी निहत्था गरिब निमुखा दलित समुदायले दैनिक धर्ना दिएका छौँ, तर पनि हाम्रो पीडा कसैले बुझिदिएको छैन, ‘उनले भने, ‘हामीले लालपुर्जा सहित आजिवन जमिन देउ भनेका होईनौँ, अर्को व्यवस्था नहुँदासम्म बजार क्षेत्रमा मजदुरी गर्न बसोबास गर्न मात्रै मागेका हौँ, तर पनि हाम्रो पीडा रोदन सुनिदिने कोई छैन ।’ उनले नगरपालिककाले ज्यादती गरेपनि कुनैपनि अधिकारकर्मी, पत्रकारले आफ्नो पीडाबारे अनुगमन समेत नगरिदिएको गुनासो पोखेका छन । दलित समुदायको नाममा डलर पचाउनेदेखि राजनीतिक गर्नेहरुले नबुझिदिएपछि अरु कसले बुझिदिने भन्दै उनीहरु आसै आसमा धर्नामा बसेको बताएका छन । दलित अधिकारकर्मी शिवी रानाले संविधानमै भएको नागरिकको बसोबास व्यवस्थालाई समेत राज्यले ध्यान दिन नसेकको बताए । ‘उहाँहरु लामो समयदेखि नगर विकास समितिको जमिनमा बसेकै हुन, तर हामीले उनीहरुलाई त्यहाँको त्यही लालपुर्जा दिएर स्थायी बसोबास भनेका छैनौँ, ‘उनले भने, ‘कम्तिमा यस्तो गर्मी केही दिनपछि बर्षातको समयमा ज्यान सुरक्षाका लागि उचित स्थानमा अस्थायी प्रकृतिका लागि देउ मात्रै भएका हौँ ।’

भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले नगर विकास समितिको अतिक्रमित जमिन खाली गराउने अभियान अन्र्तरगत उनीहरुलाई पुर्व सुचना जारी गर्दा समेत नहटेपछि हटाएको बताए । आन्दोलनमा रहेका वादी सामुदायले मुल गेटमा समेत तालाबन्दी गरेका छन । ‘उनीहरु वास्तविक सुकुमबासी भए भूमि सम्बन्धी समस्या समाधान आयोग मार्फत समस्या समाधान गर्न वातावरण मिलाउँछौँ, ‘प्रवक्ता अवस्थीले भने, ‘मेयर सापले पनि वास्ताविक सकुमुबासीहरुको उचित बसोबास गर्ने भन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?