२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छुः सिडियो ढकाल

कञ्चनपुर, ३ बैशाखः कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाकोे शान्ति, सुशासन, सुरक्षा, एव बेथिति न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका छन । बुधबार जिल्लाका पत्रकारसग परिचयात्मक गर्दै प्रजिअ अर्यालले शान्ति, सुशासन, सुरक्षा, बेथिति एव न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका हुन । ‘जिल्लामा देखिएका विद्यमान ससस्याको पहिचान गर्दै आफ्नै तहबाट समाधानका लागि पहल गर्छु, ‘प्रजिअ ढकालले भने, ‘यसमा सबै पक्षको समेत सहयोग चाहिन्छ ।’

प्रजिअ ढकालले सीमा समस्यादेखि विद्यमान अवस्थामा विकरालका रुपमा देखिएको लागु् औषध दुव्र्यसनी रोकथामका लागि प्रशासनबाट पुरै पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘महिला हिन्सादेखि लागु औषध दुव्र्यसनी नियन्त्रण अहिलेको पहिलो प्राथमिकता हो, ‘उनले भने, ‘यसले हाम्रो समग्र समाजको सरचना भत्काउने काम गरेको छ, यसलाई समयमै रोक्नुपर्छ ।’

सार्वजनिक निकाय कार्यालयबाट प्रभाव हुने सार्वजनिक सेवालाई थप प्रभावकारी बनाएर नागरिकलाई सेवा सुविधा दिनेमा प्रतिबद्ध रहेको प्रजिअ ढकालको भनाई छ ।भन्सारमा देखिएकोे समस्यादेखि समग्र जिल्लामा देख्रिएका समस्या सम्बन्धीत सरोकारवाला पक्षसग समन्वय गरेर अघि बढ्ने बताए । सार्वजनिक अतिक्रमित सरकारी जमिन खाली गर्ने कामकाज निरन्तरता दिईने बताउँदै प्रजिअ ढकालले आफुले विगतमा एलडिओ हुँदा जिल्लामा गरेको कामकाज अहिले सिडियो हुँखा राम्रो गर्ने संकल्प रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले पत्रकारहरुलाई सहज सुचना प्रवाहका लागि वातावरण बनाउन अनुरोध गरेका छन । कञ्चनपुरमा केही बर्ष अघि एलडिओको जिम्मेबारी निर्वाह गरिसकेका सह सचिव ढकाल अहिले सिडियोको जिम्मेबारीमा आएका छन । सिडियो ढकालले जिल्लाको बृद्धि विकासका लागि सरोकारवाला सबैपक्षसंग परिचयात्मक कार्यक्रम गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?