१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म नेपालमा पुन:राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन्।

तराई–मधेश जागरण अभियानअन्तर्गत आज(शनिबार) चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन्। ‘हामीले सम्पूर्ण रुपमा परास्त गर्ने छौँ,’ उनले भने, ‘हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ।’ उनले सरकार भ्रष्टाचारमा लागेकोले प्रतिक्रियावादीहरू सक्रिय भएको आरोप लगाए। उनले ०६४ मा जनताले नै माओवादीलाई सिंहदरबार पठाएको भन्दै उनले कांग्रेस, एमालेप्रति कटाक्ष गरे। ‘हामीलाई ०६४ पछि कांग्रेस एमाले र राजामहाराजाले दयामाया गरेर सिंहदरबार पुर्‍याएका थिएनन्,’ उनले भने, ‘हामी अपराजय हौँ। कसैले जित्नै सकेन। नेपाल सरकार र अन्तर्राष्ट्रिय प्रतिक्रियावादीले पनि माओवादीलाई दबान सकिँदैन भन्ने बुझेका हुन्।’

जनतासँगको सम्बन्ध कमजोर भएपछि यथास्थितिलाई तोड्न जागरण अभियान सुरु गरेको दाहालको भनाइ छ। ‘जनतासँगको हाम्रो सम्बन्ध कमजोर भएपछि जालीझेली फस्टाउँदै गए। तर यथास्थितिलाई तोड्नै पर्छ भने हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान सुरु गर्‍यौँ’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?