२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

फाल्गुण १० गते जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

धादिङ। नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा यहि फाल्गुण १० गते जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने भ‌एको छ ।

नमुना बागेश्वरी कप दोस्रो धादिङ जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रथम देखि पाचौं स्थान सम्मका विजेता खेलाडीहरुलाई नगद पुरस्कार दिईनेछ। प्रथम हुनेले नगद रु १० हजार, ट्रफी, मेडल र सटिफिकेट पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु ७ हजार र नगद रु ५००० का साथमा मेडल र सटिफिकेट पाउनेछन्। त्यस्तै चौथो र पाँचौं हुनेले क्रमशः नगद रु ३ हजार र नगद रु २ हजार पाउनेछन्।
पाँच चरणको लिग खेलमा सम्पन्न हुने प्रतियोगितामा महिला तर्फ उत्कृष्ठ एकजनालाई नगद रु २ हजार र १६ बर्ष मुनिका एक जना र ५५ बर्ष माथिका एक जना उत्कृष्ठ खेलाडीलाई नगद रु २ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका प्रमुख निर्णायक एवं फिडे आर्विटर सन्दिप घिमिरेका अनुसार क्याम्पसका विद्यार्थी मध्ये उत्कृष्ठ खेलाडी एकजनाले नगद रु २ हजार पुरस्कार पाउनेछन । प्रतियोगितामा सहभागी हुन रु ५०० दर्ता शुल्क बुझाउनु पर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?